१३ तस्बिरमा हेरौं, ‘चङ्गा म्युजिक एन्ड आर्ट फेस्टिबल’
पाेखरा | पुस २२, २०८०
पोखरा: बाह्रसिङ्गे बियरको मुख्य प्रायोजनमा पोखरामा पहिलोपटक ‘चङ्गा म्युजिक एन्ड आर्ट फेस्टिबल’ सम्पन्न भएको छ ।
शनिबार पोखरा ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भएको फेस्टिबलमा उदीयमान गायिका प्रजिना, पोखरेली स्रिजल विक्रम भण्डमारी (श्रीगो) र उवदीत गायक जोन चाम्लिङ राईले प्रस्तुती दिए ।
१७ वर्षे पोखरेली श्रीगोले पहिलो पटक आफ्नै शहरमा स्टेज चढ्दै सांगितिक यात्रा प्रारम्भ गरे । उनको पहिलो गीत ‘हराएको माया’ चङ्गा प्रोडक्सनले सार्वजनिक गरेको थियो ।
त्यसपछि एकाएक युवा पुस्तामाझ लोकप्रिय बन्न पुगेका श्रीगोले आफ्नो करिअरको पहिलो स्टेज शो पोखरामै गर्ने योजना बुनेका थिए ।
सोही अनुरुप चङ्गा प्रोडक्सनले पोखरखामा पहिलो पटक म्युजिक एन्ड आर्ट फेस्टिबल आयोजना गरेको प्रोडक्सनका प्रबन्धक निर्देशक विवेक गुरुङले जानकारी दिए ।
उनका अनुसार सो फेस्टिबलमा नेपालको क्लाेथिङ ब्राण्ड हुबाले रनवे (फेशन शो) सहित आफ्नो प्रमोसन गरेको थियो ।

सबै तस्बिर: नविन श्रेष्ठ
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

